ad ad

राजनीति


तनहुँको बुल्दीखोला पुलको उद्घाटन कांग्रेस नेता पौडेलले नै गर्ने, यस्तो छ तयारी

तनहुँको बुल्दीखोला पुलको उद्घाटन कांग्रेस नेता पौडेलले नै गर्ने, यस्तो छ तयारी

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ६:५०,

तनहुँको बुल्दीखोला पुलको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै गर्नेगरी कांग्रेसले तयारी अगाडि बढाएको छ।

नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकमा रहेको सो पुल उद्घाटन कार्यक्रम आज (बिहीबार)का लागि राखिएको जानकारी दिए।

 याे पनि  :  नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

‘आज दिउँसो १ बजेलाई पुलको उद्घाटन कार्यक्रम राखिएको छ, अहिले त्यहाँ उद्घाटनको तयारी भइरहेको छ’, अधिकारीले नेपालखबरसँग भने।

पौडेलको निर्वाचन क्षेत्रमा पर्ने सो पुलको उद्घाटनको विषयमा सत्तारुढ दल नेकपाका स्थाीय नेताहरुले विरोध गर्दै आएका थिए।

बुधबार उद्घाटन कार्यक्रम राखिए पनि उनीहरुले पौडेललाई नदिने भन्दै मंगलबारदेखि आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाकै समयमा बुधबार पौडेल पुल उद्घाटन उद्घाटन गर्न अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

याे पनि  :  देउवाले प्रधानमन्त्रीलाई फोन गरेपछि रिहा भए रामचन्द्र पौडेल

त्यसको विरोधमा कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको थियो भने सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर विरोध जनाएका थिए। देउवाले पार्टीका वरिष्ठ नेता पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन्। उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन्।

वरिष्ठ नेता पौडेलले पनि आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभीष्टको प्रदर्शन गरेको बताएका छन्। कांग्रेसका युवा नेता गगनकुमार थापाले पनि पार्टीका वरिष्ठ नेता पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिएका थिए।

याे पनि : शीर्ष नेतालाई नियन्त्रणमा लिनु सरकारको निरंकुश चरित्रः कांग्रेस

यसैबीच सम्भावित घटनालाई मध्यनजर गर्दै सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाइएको छ। पौडेलले पुलको उद्घाटनको कार्यक्रम राखेपछि त्यहाँ कुनै पनि घटना घट्नसक्ने भन्दै प्रहरी हाई अलर्टमा राखिएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पुल उद्घाटन बारेमा कुनै जानकारी नआएको बताए। ‘हामीलाई कुनै जानकारी आएको छैन’, उनले भने, ‘अहिलेसम्म शान्ति सुरक्षा राम्रो छ।’

तनहुँको सो क्षेत्रमा लगाइको निशेषाज्ञा पनि हटाइएको उनले बताए।

याे पनि  : प्रधानमन्त्री ओलीलाई गगनको चेतावनी : रामचन्द्र पौडेलको गिरफ्तारी तपाईंलाई निकै महँगो पर्नेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .