तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेपछि नेता पौडेलसहित कांग्रेसको तनहुँ कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको हो।
बुधबार दिउँसो तनहुँको व्यास नगरपालिकाका दुईवटा वडा जोड्ने पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो।
घटनाको विरोध गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरी नेता पौडेललाई तत्काल रिहा गर्न माग गरेका थिए।
त्यसपछि बुधबार साँझ पौडेलसहितका नेतालाई प्रहरीले छाडेको कांग्रेसले जनाएको छ।
पुल उ्घाटनका विषयमा प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपा कार्यकर्ताबीच झगडा परेपछि प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। त्यो तोडेको भनेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
याे पनि : शीर्ष नेतालाई नियन्त्रणमा लिनु सरकारको निरंकुश चरित्रः कांग्रेस
प्रतिक्रिया