ad ad

कारोबार


एनएमबी बैंकलाई सर्वोत्कृष्ट बैंकको सम्मान

एनएमबी बैंकलाई सर्वोत्कृष्ट बैंकको सम्मान

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १६:५७,

एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागिनेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरिएको छ। सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ।

एनएमबी बैंक ग्लोबल एलाइन्स बैंकिङ अन भ्यालुज (जीएभीए) को नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुकासाथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको छ।

जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सिअल स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको एबीएन अम्रो, मोर्गन स्ट्यान्ली जस्ता संसारकै उत्कृष्ट बैंकहरुकासाथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ।

एनएमबी बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुक भित्र उल्लेख्य वैदेशिक लगानी भित्र्यायाउन सफल भएको छ। यस बैंकले नेपालमा वातावरणीय तथा सामाजीक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ। यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ।

विगत चार वर्षमा यस बैंकलाई तेस्रो पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .