इन्टरनेट संसारबाट ‘पासवर्ड’ राख्ने युगको विस्तारै अन्त्य हुने देखिएको छ। सबै अनलाइनमा नभए पनि कम्तीमा गुगलमा भने चाँडै यो अन्त्य हुँदै छ।
बुधबार गुगलले यसको विकल्प सार्वजनिक गरेको हो। गुगलले ‘पासकिज’ ‘रोलआउट’ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पासकिज एप र वेबसाइटहरुका लागि एउटा वैकल्पिक साइन–इन तरिका हो। यसलाई सजिलै चलाउन र धेरै सुरक्षित पनि रहेको कम्पनीले जनाएको छ।
पासकिज प्रयोगमार्फत प्रयोगकर्ताले उनीहरुको धेरै एकाउन्टहरु उही शैलीमा पहुँच पाउन सक्नेछन् भने त्यही तरिकाबाट फोन समेत ‘अनलक’ गर्न सक्नेछन्। जसका लागि फिंगरप्रिन्ट, फेस स्क्यान वा स्क्रिनलक पिन प्रयोग गर्न सकिनेछ।
धेरै प्रविधि कम्पनीहरुलाई सदस्य बनाएको एक सुरक्षासम्बन्धी समूह द फिडो अलायन्सले यसअघि नै पासकिजका लागि मानक निर्धारण विकास गरिसकेको छ। माइक्रोसफ्ट, एप्पल र गुगलले त्यसयता यसलाई वास्तविक बनाउन काम गरिरहेका छन्।
एप्पलले पासकिज विकल्प आईओएस १६ को सार्वजनिक सँगै दिएको थियो। यसमार्फत आफ्नो एप्पल वालेटसहित मानिसहरुले एपहरुमा यसलाई प्रयोग गर्न सक्छन्।
पासकी सपोर्ट क्रोम र एन्ड्रोइड डिभाइसहरुमा सन् २०२२ अक्टोबरमै रोल आउट भएको थियो। तर अहिले गुगलका एकाउन्टहरु, जीमेलदेखि ड्राइभसम्म विकल्पका रुपमा उपलब्ध भएको छ।
पछिल्लो समय पासवर्डभन्दा पासकिज प्रयोग सजिलो र सुरक्षित रुपमा लिन थालिएको छ।
Shares
प्रतिक्रिया