गत साता अमेरिकी कम्पनीबाट भएको १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाको हात हुन सक्ने तीन डिजिटल अनुसन्धान कम्पनीले निष्कर्ष निकालेका छन्।
गत जुन २३ मा हार्मोनी ब्लकचेनको होराइजन ब्रिजबाट १० करोड डलरबराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो।
त्यसयता भइरहेका गतिविधिले उक्त क्रिप्टोकरेन्सी चोरी उत्तर कोरियाली ह्याकरबाट भएको हुन सक्ने देखाएको हो। डिजिटल अनुसन्धानमा संलग्न कम्पनीले उत्तर कोरियाको लाजारस ग्रुपको उक्त चोरीमा हात रहेको बलियो प्रमाण रहेको बताएका छन्।
गत साता भएको क्रिप्टोकरेन्सी चोरी साइबर आक्रमणबाट भएको पुष्टि भए यो यस वर्षको आठौं साइबर आक्रमण हुनेछ।
यस वर्ष एक अर्ब डलरभन्दा धेरैको क्रिप्टोकरेन्सी चोरी भइसकेको छ।
जसमध्ये करिब ६० प्रतिशत उत्तर कोरियाली ह्याकरले चोरेको हुन सक्ने अनुमान छ।
Shares
प्रतिक्रिया