बुटवलमा जंगलबाट ल्याएको च्याउ खाएका थप ९ जना बिरामी परेका छन्। उनीहरुमध्ये ५ जना बेहोस छन्।
जंगली च्याउ ल्याएर खाँदा बुटवल ४ लक्ष्मीनगरका ६२ वर्षीया हिमाकुमारी छन्त्याल, ६२ वर्षकै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जीसी गम्भीर बिरामी भई बेहोस अवस्थामा रहेको इलाका प्रहरी कार्यालय (बुटवल) ले जनाएको छ। सोही ठाउँका ६२ वर्षिय हरि सेन र ३७ वर्षीय प्रकाश अवस्था मध्यम छ।
यस्तै बुटवल १३ बेलबास शान्तिचोक की ४५ वर्षीया पेमा थापा र ४३ वर्षीया सुशीला रोका पनि बिरामी भई उपचाररत छन्। उनीहरूको अवस्था पनि मध्यम रहेको प्रहरीले बताएको छ।
यसअघि हिजो (बुधबार) बुटवल १२ नयाँ गाउँमा जंगली च्याउ खाएर ६ जना बिरामी भएका थिए। उनीहरूलाई अस्पताल लगिएको थियो।
च्याउ खाएर कुल १५ जना अस्पतालमा लगिएको मध्ये ५ जनाको आइसियुमा राखी उपचार भइरहेको बुटवलका डिएसपी ठगबहादुर केशीले जानकारी दिए।
Shares
प्रतिक्रिया