ad ad

प्रविधि


तीव्र हावाको कारण स्पेसएक्सद्वारा अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन ढिलाइ

तीव्र हावाको कारण स्पेसएक्सद्वारा अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन ढिलाइ

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ९:१, काठमाडौँ

फ्लोरिडाको समुद्री तटमा देखिएको अत्यधिक हावाको कारण अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउने कार्यमा ढिलाइ भएको छ।

स्पेसएक्सले चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)बाट ल्याउने तयारी गरेको थियो। यद्यपि तीव्र हावाको कारण यसमा ढिलाइ भएको हो। 

अमेरिका, फ्रान्स र जापानी अन्तरिक्ष यात्रीलाई आइतबार आईएसएसबाट ल्याउनुपर्ने थियो र सोमबार उनीहरुको विमान मेक्सिकोको खाडीमा अवतरण गराउने तयारी थियो। 

अब अन्तरिक्षयात्रीको पृथ्वीको यात्रा आठ घण्टाको हुनेछ। पहिलाको तुलनामा उनीहरुको यात्राको समय आधा घटाइएको हो।

स्पेसएक्सको रकेटको शौचालय बिग्रिएकाले अब अन्तरिक्षयात्रीले यो समयमा आफ्नो डाइपरमा निर्भर रहनुपर्ने भएकाले पृथ्वीसम्मको यात्राको समय घटाइएको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मौसममा देखिएको खराबीका साथै एक अन्तरिक्षयात्रीलाई देखिएको अज्ञात समस्याको कारण पनि उनीहरुलाई पृथ्वीमा ल्याउने कार्यमा ढिलाइ भएको हो।

अधिकारीहरुले यो समस्या सामान्य रहेको भन्दै यसलाई उडानको समयसम्ममा ठिक गरिने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .