नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिको बैठक सुरु भएको छ। कैलालीको टीकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक सुरु भएको हो।
बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थनका विषयमा निर्णय लिने बताइएको छ। संस्थापक केन्द्रीय समितिको बैठक लगत्तै अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाका प्रदेशदेखि संघका सम्पूर्ण सांसदसंग पनि छलफल गर्ने छिन्।
दिउँसो १ बजे सांसदहरुसंगको बैठक डाकिएको छ। रञ्जिताले टीकापुरमा नाउपाको बैठक चलाइरहँदा संरक्षक रेशमलाल चौधरीले भने जापान भ्रमणका छन्।
२१ फागुनमा नयाँ सत्ता गठबन्धन बनेलगत्तै निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई अयोग्य ठहर गरेर रञ्जितालाई अध्यक्षमा पुनःस्थापित गरेपछि नाउपाभित्र तीव्र मतभेद छ।
रञ्जिता एमाले माओवादीसहितको वर्तमान गठबन्धन सरकारमा सामेल हुन चाहन्छिन्। तर रेशम त्यसको विपक्षमा छन्। रञ्जिताको निर्देशनविपरित सुदूरपश्चिम प्रदेश सभाका नाउपाका ५ जनालाई मन्त्री बनाएर कांग्रेस नेतृत्वको सरकारमा रेशमले पठाएका छन्।
रेशम कांग्रेससंग सहकार्य गर्ने पक्षमा छन्। श्रीमान् श्रीमतीसमेत रहेका रेशम र रञ्जिताबीचको मतभेदले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ।
यसैबीच रेशमको पकड रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलबाट कांग्रेसलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेर प्रदेश सरकारमा सामेल छ।
नाउपाले दोहोरो राजनीतिक चरित्र देखाइरहँदा रञ्जिता समान धारणा बनाउने ढंगले सक्रिय भएकी हुन।
Shares
प्रतिक्रिया