ad ad

समाज


पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन

पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन

नेपालखबर
साउन ११, २०७७ आइतबार ७:५७,

श्रीमती हत्यासम्बन्धी पूर्वडीआईजी रञ्जन कोइरालामाथिको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ।

उनलाई साढे ११ वर्ष कैद छुट दिने केही दिनअघिकाे प्रधान्यायाधीश समेतको फैसला पुनरवलोकन मुद्दामा निस्सा दिँदै मुद्दामाथिको सुनुवाइ पुनः अगाडि बढाउने सर्वोच्चले निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले पछिल्लो निर्णय गरेको हो।

आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरवलोकनका लागि परेको निवेदनमा निस्सा दिँदै मुद्दा पुनः खुल्ला गरेको हो।

अब फेरि कम्तीमा तीन सदस्यीय इजालसले नै पुनरवलोकन गरी अर्को फैसला गर्नेछ।

यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले गत बिहीबार मात्रै जेलमुक्त भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल फर्काउने बाटो खुल्ला भएको छ।

आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भएर सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका कोइराला साढे ११ वर्ष कैद छुट पाउँदै गत बिहीबार जेलमुक्त भएका थिए। उनी छुटेकै दिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दिएको थियो।

यो पनि
पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल पठाउन माग गर्दै परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

पूर्वडीआईजी कोइरालालाई ६ न्यायाधीशले फेरि जेल फर्काउन सक्ने

रञ्जन काेइरालालाई सजाय छुट दिने प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै माइतीघरमा प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .