ad ad

राजनीति


एकजनामा कोरोना आशंका भएपछि उत्तर कोरियाले गर्‍यो लकडाउन

एकजनामा कोरोना आशंका भएपछि उत्तर कोरियाले गर्‍यो लकडाउन

नेपालखबर
साउन ११, २०७७ आइतबार ८:२०,

उत्तर कोरियाले दक्षिण कोरियासँग सीमा जोडिएको केसङ शहरमा कोरोनाको लक्षण भएका एकजना व्यक्ति फेला परेपछि लकडाउन लागु गरेको छ।

ती व्यक्तिसँगै कोरोना भाइरस देशभित्र प्रवेश गरिसकेकाे हुनसक्ने आशंकामा लकडाउन लागु गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यदि ती व्यक्तिमा कोरोना भएको पुष्टि भएमा उत्तर कोरियामा कोरोना फेला परेका उनी पहिलो संक्रमित हुनेछन्।

उत्तर कोरियाले अहिलेसम्म आफ्नो मुलुकमा कोरोना संक्रमित नरहेको दाबी गर्दै आएको छ।

अहिले संक्रमित भएका आशंका गरिएका व्यक्ति पहिले भागेर दक्षिण कोरिया पुगेको र गतसाता गैरकानुनीरुपमा उत्तरतर्फै फर्केको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .