प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जानदेशमा जानुको विकल्प नभएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विघटन गर्ने आफ्नो निर्णय गलत नभएको समेत जिकिर गरे।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ने भनाइ राखेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए।
‘संसद विघटन गरेर नयाँ जनादेशम जानुको विकल्प छैन भनेर प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभयो। उहाँले संसद गर्ने आफ्नो निर्णय गलत नभएको भन्दै बचाऊ पनि गर्नुभएको थियो’, बैठकमा सहभागी अध्यक्ष केसीले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीले सर्वोच्च अदालतले पुनर्स्थापनाको गरेको विषयलाई पनि आफूले अन्यथा नलिएको बताउँनु भयो।’
राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायतको उपस्थिति थियो।
यो पनि :
- राष्ट्रपतिको सर्वदलीय बैठकका यी हुन् सहभागी (सूची)
- शीतलनिवासमा सर्वदलीय बैठक सुरु, तीन पूर्वप्रधानमन्त्री गएनन्
Shares
प्रतिक्रिया