ad ad

राजनीति


तीन शक्तिराष्ट्रमा पूर्वमन्त्री राजदूत

तीन शक्तिराष्ट्रमा पूर्वमन्त्री राजदूत

नेपालखबर
असोज १५, २०७७ बिहिबार ८:३६,

सरकारले बिहीबार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिश गरेपछि तीन प्रमुख शक्ति राष्ट्रमा पूर्वमन्त्रीहरु राजदूत हुने भएका छन्।

बिहीबार मन्त्रिपरिषद्बाट राजदूत सिफारिश भएका खतिवडालाई संसदीय समितिले स्वीकृत गर्नुका साथै सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि सो राष्ट्रपतिबाट नियुक्ति गरिनेछ।

हाल भारतमा निलाम्बर आचार्य र चीनमा महेन्द्रबहादुर पाण्डे नेपाली राजदूतको रुपमा कार्यरत् छन्।

आचार्य २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछिको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा कानुनमन्त्री थिए। पछि उनी पहिलो संविधान सभाको संवैधानिक समितिका सभापति थिए।

२०४६ सालमा बाममोर्चाका तर्फबाट मन्त्री भएका आचार्य संविधान सभामा भने नेपाली कांग्रेसका सभासद् थिए। कांग्रेसकै तर्फबाट उनी समिति सभापति भएका हुन्।

नेपाल–भारत सम्बन्धबारे अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) का सदस्य समेत रहेका आचार्यलाई यसपटक भने ओली नेतृत्वको नेकपा सरकारले नै राजदूत नियुक्त गरेको हो।

यसैवर्ष चीनका लागि नेपाली राजदूत नियुक्त पाण्डे सुशील कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री थिए। विगतमा सांसद भइसकेका पाण्डे तत्कालीन एमाले र हाल नेकपाका केन्द्रीय तहका नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .