ad ad

खेल


नेपाल क्रिकेट संघका अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना संक्रमण

नेपाल क्रिकेट संघका अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना संक्रमण

नेपालखबर
असोज १५, २०७७ बिहिबार ८:२२,

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष र सचिवलाई कोभिड १९ को संक्रमण भएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना सेल्फ आइसोलेसनमा बसेका छन्। एक साताअघि चितवनमा भएको क्यानको केन्द्रीय समितिको बैठकमा सहभागी भएर आएपछि दुवै जनाले कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको हो।

चितवन जानुअघि नै सचिव प्याकुरेललाई केही असहज भएको थियो। त्यसलगत्तै काठमाडौं आएपछि उनले कोरोना परीक्षण गराएका थिए। उनलाई संक्रमण देखिएको तीन÷चार दिएको छ। पछि अध्यक्ष चन्दलाई पनि स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। अहिले दुवै जना सेल्फ आइसोलेसनमा बसेका छन्।

क्यानका अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबै जना सेल्फ क्वारेन्टिनमा बसेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .