ad ad

कारोबार


एनआईसी एसियाका ऋणीलाई ब्याजदर ८.९९ प्रतिशत बनाउने अवसर १६ दिन बाँकी

एनआईसी एसियाका ऋणीलाई ब्याजदर ८.९९ प्रतिशत बनाउने अवसर १६ दिन बाँकी

नेपालखबर
असोज १५, २०७७ बिहिबार ८:४१,

एनआईसी एसिया बैंकबाट कर्जा लिएका ऋणीहरुलाई आफ्नो कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवसर अब १६ दिन बाँकी रहेको बैंकले जनाएको छ।

कोरोनाको कारण बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरुको असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरे साबिकको ब्याजदर घटाई कात्तिक १ देखि लागू हुने गरी ८.९९ प्रतिशत ब्याजदर कायम गर्ने अवसर दिएको हो।

सोही कारण बैंकले मौकाको फाइदा उठाउन अनुरोध गरेको जनाएको छ। एनआईसीले भनेको छ, ‘यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नुहुनेछ।’

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको जनाएको छ।

यस योजनामा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। हाल बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .