साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कारीविरुद्ध कडाभन्दा कडा कानुन बनाउन आवश्यक रहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा एक ट्विट लेख्दै संयोजक मिश्रले एसिड आक्रमणकारीका विरूद्धजस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानुन बनाउनै पर्ने बताएका हुन्।
पछिल्लो समय देशमा बढ्दै गएका बलात्कारका घटना र बलात्कारका विषयमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै संयोजक मिश्रले यस्तो बताएका हुन्।
उनले हत्याराहरु बलात्कृतको र बलात्कारीहरु हत्या हुनेको पीडा महसुस गर्न नसक्ने भन्दै ती दुवै एकै भएको र कहाँ के बोल्ने भन्ने कुरा उनीहरुलाई थाहा नहुने बताए।
‘हत्याराहरू बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न सक्दैनन्। दुबै एकै हुन्। त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा हुँदैन। एसिड आक्रमणकारीका विरूद्धजस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानुन बनाउनै पर्छ’, सामाजिक सञ्जाल ट्विटरमा मिश्रले लेखेका छन्।
हत्याराहरू बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न सक्दैनन्। दुबै एकै हुन्। त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा हुँदैन। एसिड आक्रमणकारीका विरूद्ध जस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानून बनाउनै पर्छ।
— Rabindra Mishra (@RabindraMishra) October 1, 2020
प्रतिक्रिया