काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान तामाङ (दोङ) विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार तामाङ ३४ हजार ५ सय १२ मतसहित विजयी भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामालाई पराजित गरेका हुन्। लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ण बहादुर विश्वकर्माले १ हजार ८ सय ५३ मत प्राप्त गरेका छन्।
198
Shares
प्रतिक्रिया