मधेश प्रदेशमा मत गणना बाँकी रहेका क्षेत्रमा ‘हेभिवेट’ नेताहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरु शरतसिंह भण्डारी र राजेन्द्र महतो, माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल र महिन्द्र राय यादव, एमालेका रघुवीर महासेठ उम्मेदवार रहेका महोत्तरी, धनुषा र सर्लाहीका विभिन्न क्षेत्रमा अहिले मत गणना जारी छ।
यद्यपी महोत्तरी ३ को मत गणना भने शुक्रबार बिहान ३ बजेदेखि रोकिएको छ। मतगणना स्थगित हुँदासम्म जनता समाजवादी पार्टीका हरिनारायण यादव १२ हजार ४ सय ११ मत ल्याएर अग्रस्थानमा छन् भने ठाकुर ११ हजार ८ सय ३८मत ल्याएर उनलाई पछ्याई रहेका छन्।
महोत्तरी १ मा शुरुमा पछाडि परेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलेले अहिले अग्रता लिएका छन्। पोखरेल १३ हजार ६ सय २० मतका साथ अग्रस्थानमा छन् भने उनलाई एमालेका लक्ष्मी महतोले १२ हजार ९ सय ५३ मत ल्याएर पछ्याई रहेका छन्।
धनुषा ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमालेका सचिव रघुवीर महासेठलाई १८ सयभन्दा बढी मतले पछाडी पारेका छन्।
ताजा मतपरिणाम अनुसार महेन्द्र १३ हजार ५ सय ५८ मतका साथ अग्रस्थानमा छन् भने रघुवीर ११ हजार ६ सय ८९ मतका साथ पछ्याई रहेका छन्। यी दुई बिचको मतान्तर १ हजार ८ सय ७९मतको अन्तर रहेको छ।
महोत्तरी २ मा लोसपाका नेता शरतसिंह भण्डारीको जित सुनिश्चित भएको छ। २३ हजार १८९ मत सहित भण्डारीले अग्रता बनाउँदा तराइ मधेश लोकतान्धिक पार्टीका विजयकुमार सिंहले १० हजार १३१ मत सहित उनलाई पछ्याइरहेका छन्। यो क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ।
Shares
प्रतिक्रिया