नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागिता थियो।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए।
कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएको थियो। यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए।
कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुसी लागेको बताएका थिए।
कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।
Shares
प्रतिक्रिया