सिरहा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् । यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसका पदम नारायण चौधरी २७ हजार ३७९ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका छन्।
यहाँ जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत ल्याए।
सिरहा १ मा २०७५ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि विजयी भएका थिए। उनको निधन भइसकेको छ।
कांग्रेसले जितेको यो क्षेत्र यस पटक एमालेले खोस्न सफल भएको हो।
87
Shares
प्रतिक्रिया