फिफा विश्वकपमा स्विटजरल्याण्ड र क्यामरुनले पहिलो हाफमा गोलरहित बराबरी गरेका छन्।अल जनौव स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
खेलको पहिलो हाफमा दुबै टोलीले गोलका लागि केही मूभ बनाए पनि गोल गर्न भने सकेनन्। स्विट्जरल्याण्डको पोष्टमा क्यामरुनले काउण्टर अट्याक गरिरहेको छ। तर उ फिनिसिङमा चुकेको छ।
स्विट्जरल्याण्डले पनि केही सदुपयोग गुमायो। विश्वकपको दुई संस्करण क्वार्टरफाइनलसम्म पुगेको स्विटजरल्याण्ड १२ औँ पटक विश्वकप खेल्दै छ।
नवौँ पटक विश्वकप खेलिरहेको क्यामरुनले सन् १९९० मा बाहेक समुह चरण पार गर्न सकेको छैन। समुह जी को दोस्रो खेलमा आजै ब्राजिल र सर्विया भिड्दैछन्। खेल मध्यराति पौने १ बजे सुरु हुनेछ।
24
Shares
प्रतिक्रिया