ad ad

राजनीति


राष्ट्रपति भण्डारी बुधबार म्यान्मार भ्रमणमा जाने

राष्ट्रपति भण्डारी बुधबार म्यान्मार भ्रमणमा जाने

नेपालखबर
असोज २७, २०७६ सोमबार १०:४५,

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी बुधबार म्यान्मारको भ्रमणमा जाने भएकी छिन्। म्यान्मारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी त्यसतर्फ जानलागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुईदेशीय सम्बन्धबारे समकक्षी ऊसँग वार्ता हुनेछ। सो क्रममा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर आंग सान सु कीसँग पनि भेटवार्ता हुनेछ। राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्मारका राष्ट्रपतिले राजकीय भोज दिनेछन्।

भ्रमणका क्रममा नेपालीभाषी म्यान्मारका नागरिकसँग पनि पिन वु लिनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत बागानको भ्रमण गर्नेछिन्। त्यस्तै उनले यांगुन सहर पनि भ्रमण गर्नेछिन्।

राष्ट्रपतिको भ्रमण क्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरकारी अधिकारी पनि म्यान्मार जानेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .