पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा मधेस केन्द्रित दलहरुसँग भेट नगराएको असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति सी स्वदेश फर्केलगत्तै आइतबार अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत राष्ट्रपति सीको एतिहासिक नेपाल भ्रमण सफल बनाएकोमा नेपाल र चीन सरकारलाई बधाई दिँदै आफ्नो असन्तुष्टि प्रकट गरेका हुन्।
उनले राष्ट्रपति सीसँग मधेसकेन्द्रित दलहरुलाई नभेटाएकोमा छुट्टै सन्देश जाने बताएका छन्। ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो’, सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, ‘अन्यथा उत्तरी छिमेकीले हिमाल–पहाड र दक्षिण छिमेकीले मधेस–तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ। भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्।’
२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY
— Baburam Bhattarai (@brb1954) October 13, 2019अध्यक्ष भट्टराईले भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान नपुर्याएको भन्दै सचेत समेत गराएका छन्। उनले राष्ट्रिपतिसँगको भेटमा आर्थिक सहायतको घोषणा भएकोप्रति असन्तुष्टि जनाएका हुन्। ‘नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति–समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो’, उनले भनेका छन्।चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि? नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो।'
राष्ट्रपति सीले सत्तारुढ र प्रतिपक्ष दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि मधेस केन्द्रित र अन्य साना दलका नेताहरुसँग भने भेटवार्ता गरेका थिएनन्।
प्रतिक्रिया