मार्भल सिरिजको सबैभन्दा ठूलो चलचित्र ‘एभेन्जर्स इन्डगेम’मा करोडौंको मन र मस्तिष्कमा बस्न सफल पात्र आइरन म्यान सहिद हुन्छन्।
हलिउट स्टार रोवर्ट डाउनी जुनियरले आइरन म्यानको भूमिका निर्वाह गर्दै आएका थिए। उनलाई विश्वभर रोवर्ट डाउनीभन्दा पनि आइरनम्यानको रुपमा चिन्ने गरिन्छ।
एभेन्जर्स इन्डगेमपछि अब डाउनी आइरनम्यानको भूमिकामा नदेखिने अनुमान गरिएको छ।
यत्तिकैमा रोवर्ट डाउनी नयाँ चलचित्रमा देखिने भएका छन्। उक्त चलचित्रको नाम ‘द भोयग अफ डक्टर डोलिटल’ हो।
यस चलचित्रमा डाउनीको शारीरिक हाउभाउ नयाँ तवरको देखाइएको छ। चलचित्रमा डाउनीले जनावरसँग कुराकानी गर्नसक्ने मानिसको पात्रको भूमिका निर्वाह गर्दैछन्।
यस चलचित्र आगामी वर्षको जनवरी १७ मा रिलिज हुनेछ। एजेन्सी
The man who could talk to animals... Robert Downey Jr... First look poster of #Dolittle... 17 Jan 2020 release. pic.twitter.com/PHQPBZFA47
— taran adarsh (@taran_adarsh) October 13, 2019Shares
प्रतिक्रिया