ad ad

राजनीति


१० बुँदे माले घोषणापत्र जारी गर्दै सार्क शिक्षामन्त्रीको तेस्रो बैठक सम्पन्न

१० बुँदे माले घोषणापत्र जारी गर्दै सार्क शिक्षामन्त्रीको तेस्रो बैठक सम्पन्न

नेपालखबर
असोज २३, २०७६ बिहिबार ११:४४,

१० बुँदे माले घोषणापत्र जारी गर्दै सार्क शिक्षामन्त्रीको तेस्रो बैठक सम्पन्न भएको छ।

 बिहीबार माल्दिभ्सको राजधानी मालेमा सम्पन्न तेस्रो बैठकले सर्बव्यापी प्राथमिक शिक्षा, शिक्षामा सबै प्रकारका लैंगिक विभेदको उन्मुलन र सबै तहको शिक्षामा गुणस्तर सुधार लगायतका विषयमा पुनः प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गरेको हो।

दिगो विकासको लक्ष्य ४ अर्थात् सन् २०३० सम्मको शिक्षाका लक्ष्यहरुको प्राप्तिका लागि सार्क सदस्य राष्ट्रहरुबीचको सहकार्यलाई सुदृढ बनाउँदै सार्क फ्रेमवर्क फर एक्सनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने कुरा घोषणापत्रमा उल्लेख छ।

बैठकले दीगो विकासका लागि सार्क राष्ट्रहरुको कार्या ढाँचा (एसडीजीफो एजेकेशन २०३०ः फ्रैमवर्क फर एक्सन)लाई समेत अनुमोदन गरेको छ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिररिराजमणि पोखरेलले नेपालले सविंधानमा भएको शिक्षासम्बन्धी अधिकार, साक्षरता अभियान, सार्वजनिक शिक्षालयहरुको रुपान्तरण दशकका विषयमा नेपालले अघि सारेका नीतिगत विषय र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनले गरेको व्यवस्थाको चर्चा गरेका थिए।

दक्षिण एसियाको विविधताको विषय उल्लेख गर्दै मन्त्री पोखरेलले उच्च शिक्षाको सुधार र गुणस्तरका लागि साझा प्रयास आवश्यक पर्ने बताए। उनले इन्चोन घोषणा यताका करिव चार वर्षमा भएका प्रविधिक अभ्यास र छलफलका उपलब्धिहरुको प्रसंशा गर्दै आगामी दिनमा शिक्षाका साझा सवालमा सामूहिक प्रयासमा नेपाल निरन्तर लागि रहने प्रतिबद्धता समेत जनाए।

मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल खुशी नेपाली’को अभियानसहित शिक्षामा नेपालले चालेका सुधारका प्रयत्नहरुको विषयमा चर्चा गरेका थिए।

बैठकले आगामी चौथो बैठक नेपालमा गर्ने सर्बसम्मत निर्णय समेत गरेको छ। शिक्षामनत्री पोखरेलको प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो। बैठक कहिले र कहाँ भनने विषयमा सार्क सचिवालयसँग समन्वय गरेर टुंगो लगाइने बताइएको छ। 

सार्क मन्त्रीस्तरीय बैठकको पूर्व सन्ध्यामा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष र सो सरहका पदाधिकारीहरुको प्राविधिक बैठक ९ अक्टोवरमा मालेमा नै सम्पन्न भएको थियो। यो बैठकले सार्क फ्रेमवर्क फर एक्सनलाइ अन्तिम रुप दिइ आवश्यक निर्णयका लागि मन्त्रीस्तरीय बैठकमा पठाउने निर्णय गरेको थियो।

सार्कको परम्परा अनुसार यो बैठकको अध्यक्षता माल्दिभ्सका शिक्षा मन्त्रीले गरेका थिए।

बैठकपछि शिक्षामन्त्री पोखरेल र श्रीलंकाका शिक्षामन्त्री अकिला विराज कारियावासामबीच झण्डै डेढ घण्टा भेटवार्ता भएको थियो। सो भेटवार्तामा दुई देशको आपसी हित र शैक्षिक क्षेत्रमा सहयोग आदाप्रदान गर्ने विषयमा छलफल भएका शिक्षामनत्री पोखरेलका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .