ad ad

राजनीति


नवमी मनाउन प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

नवमी मनाउन प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

नेपालखबर
असोज २०, २०७६ सोमबार ४:५७,

दसैंको शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) गृहजिल्ला झापा प्रस्थान गरेका छन्।

प्रधानमन्त्री काठमाडौंबाट विमानमार्फत झापाका लागि प्रस्थान गरिसकेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेपालखबरलाई जानकारी दिए।

आज महानवमीका दिन झापाको दमकमा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओली सहभागी हुने भएका हुन्।

२५ वर्षदेखि हरेक वर्ष नवमीका दिन प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा यस्तो कार्यक्रम गरिरहेका छन्। यसअघि लगातार बिर्तामोडमा आयोजना गरिएको यो कार्यक्रम यस वर्ष पहिलोपटक गृह नगर दमकमा आयोजना गरिएको बताइएको छ।

प्रधानमन्त्री ओली आज मध्याह्न १२ बजे कार्यक्रमस्थल दमक-८ स्थित एक पार्टी प्यालेसमा पुग्ने कार्यक्रम रहेको नेकपा नेताले जानकारी दिएका छन्।

कार्यक्रममा एक हजार जना उपस्थित हुने अपेक्षा गरिएको छ। पार्टीका नेता कार्यकर्ता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत प्रधानमन्त्रीले निमन्त्रणा गरेको स्थानीय आयोजकले जनाएका छन्।

सुरक्षा स्रोतका अनुसार ओली भद्रपुर विमानस्थल उत्रेर कार्यक्रमस्थल पुग्नेछन्। ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेकाे प्रधानन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .