ad ad

राजनीति


सार्क विदेशमन्त्रीको बैठकः भारत र पाकिस्तानका मन्त्रीले एक-अर्कालाई गरे बहिष्कार

सार्क विदेशमन्त्रीको बैठकः भारत र पाकिस्तानका मन्त्रीले एक-अर्कालाई गरे बहिष्कार

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ३:५,

नेपालले अध्यक्षता गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेशमन्त्रीहरुको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरुले एकले अर्कोलाई बहिष्कार गरेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा नेपाली समयअनुसार गए राति भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो धारणा राखेर बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसी सहभागी भए।

2 18

सार्क अध्यक्षको हैसियतले नेपालले आयोजना गरेको बैठकमा भारतीय विदेशीमन्त्री जयशंकर रहु्न्जेल पाकिस्तानी विदेशमन्त्रीले बैठक बाहिस्कार गरे।

भारतीय विदेशमन्त्री जयशंकर आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएको केही मिनेटपछि नै पाकिस्तानी विदेशमन्त्री कुरेसी बैठकमा सहभागी भएका थिए।

भारतले अगस्ट ५ मा जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष राज्यको दर्ता दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ दिल्ली र इस्लामावादबीच तनाव बढेको छ।

3 11

दुवैले देशले कस्मिरका पुरै भूभाग आफ्नो भएको दावी गर्छन् तर दुवैसँग केही भूभागमा मात्रै नियन्त्रणमा रहेको छ।

भारत र पाकिस्तानबीच भएका प्रमुख तीन युद्ध मध्ये दुई वटा युद्धको कारण कस्मिर रहेको छ। न्युयोर्कको एक होटलमा आयोजना गरिएको बैठकमा पाकिस्तानी विदेशमन्त्री कुरेसीलाई कुर्दा २० मिनेट ढिलो भएको थियो।

तर कुरेसीले ट्विट गर्दै कस्मिरीका हत्यारासँग एकै स्थानमा नबस्ने बताए। त्यसपछि पाकिस्तान विदेशमन्त्री बाहेकै बैठक शुरु भएको थियो।

भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो धारणा राखेर बाहिरिए त्यसको केही मिनेटपछि पाकिस्तानी विदेशमन्त्री बैठकमा सहभागी भएका थिए।

तर भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा कुनै प्रतिक्रिया दिएनन्। उनले सार्कको बैठकमा राखेको धारणालाई श्रृङखलावद्ध रुपमा ट्विट गरेर जानकारी गराएका छन्।

उनले सार्क स्याटलाइट, मोटर भेइकल सम्झौतादेखि आतंकवादसम्मको विषयलाई उठाएका छन्। सार्कमा क्षेत्रीय चासोको विषयहरुमा मात्रै छलफल हुने गर्छ। द्वीपक्षीय मामिलाका विषयहरु उठाउन पाइँदैन।

बैठकमा अन्य देशका विदेशमन्त्रीहरुको सहभागिता रहेको थियो। गत वर्षको राष्ट्र संघीय महासभामा सहभागी हुन न्युयोर्क पुगेका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकमा तत्कालीन भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानी विदेशमन्त्रीको भाषणा बहिस्कार गरेकी थिइन्।

स्वराज आफ्नो धारण राख्ने वित्तिकै बैठकबाट बाहिरिएकी थिइन्। भारत र पाकिस्तानको बीचको तनावको कारण सार्कको बैठकहरु प्रभावित हुँदै आएका छन्।

दुई देशबीचको तनावको कारण चार वर्षअघि नै हुनुपर्ने सार्कको १९ औं शिखर सम्मेलनमा अझै हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .