ad ad

राजनीति


शान्ति सम्झौताको प्रक्रियाले मलाई दोषी देख्छ भने सजाय भोग्न तयार छुः प्रचण्ड

शान्ति सम्झौताको प्रक्रियाले मलाई दोषी देख्छ भने सजाय भोग्न तयार छुः प्रचण्ड

नेपालखबर
असोज ९, २०७६ बिहिबार १३:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सान्ति सम्झौताको प्रक्रियाले आफूलाई दोषी ठहराए सजाय भोग्न तयार रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँमा आयोजना गरेको राजनीतिक नेतृत्व र पीडितहरुबीच अन्तरसम्वाद कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा दुवै पक्षका जिम्मा लिने बताए।

‘जनयुद्धका राम्रा र नराम्रा दुवै कुराको जिम्मा लिन्छु मोर्चा छोडेर भाग्दिनँ, लडिराखेको छु र अन्तिम समससम्म तपाईहरुसँगै लडिरहने प्रतिवद्धता व्यक्त गर्दछुु’, अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले केही साथीहरु मोर्चा छाडेर भागे पनि आफू मोर्चामै डटेर लडेको दावी गरे। ‘मैले कहिल्यै भनेको छैन, दोषी छु भने म त्यसको लागि जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘इतिहासले, राजनीतिक घटनाक्रमले, अन्तर्राष्ट्रियको न्यायाको सिद्धान्तले, शान्ति सम्झौता र त्यसको प्रक्रियाले मलाई दोषी भन्छ भने म त्यो पनि भोग्न पनि तयार छु।’

उनले आफूले पार्टी एकता गरे पनि सरकारमा भए पनि, प्रतिपक्ष भए पनि, प्रतिपक्षमा भए पनि मेरो शान्ति प्रक्रिया टुंग्याउने दायित्व बाहेक अरु उद्देश्य नरहेको बताए। उनले आफू जहाँ जाँदा पनि यो प्रक्रिया टुंग्याउन लागिपरेको बताए।

उनले आफूले पार्टी एकता गरे पनि सरकारमा भए पनि, प्रतिपक्ष भए पनि, प्रतिपक्षमा भए पनि मेरो शान्ति प्रक्रिया टुंग्याउने दायित्व बाहेक अरु उद्देश्य नरहेको बताए। उनले आफू जहाँ जादा पनि यो प्रक्रिया टुंग्याउन लागिपरेको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पीडितहरुले आफ्नोसामू आक्रोश, पीडा पोख्नुलाई अन्यथा नलिएको र त्यसलाई सहानुभूतिकै नजरले हेरेको बताए। ‘यसलाई सहानुभूतिकै रुपमा लिएको छु’, उनले भने, ‘यो प्रक्रिया टुंगोान नपुगेसम्म यसको प्रतिवाद गर्ने राजनीतिक र नैतिक अधिकार छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .