ad ad

राजनीति


विदेशी ज्वाईँले देश भरिन्न, नागरिकता दिउँ: डा. भट्टराई

विदेशी ज्वाईँले देश भरिन्न, नागरिकता दिउँ: डा. भट्टराई

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १३:४,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाईने बताएका छन्।

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले वैबाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाईँलाई नदिने नागरिकतासम्बन्धि प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने पार्टीको अडान पनि राखे।

शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए। ‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ,’ भट्टराईको प्रश्न थियो, ‘विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु प¥यो?’ संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धि विधेयकमा विवाद छ।

पूर्व प्रधानमन्त्री भट्टराईले पनि सरकारले प्रस्ताव गरेको विधेयक त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसमा छोरा र छोरीबीच विभेद हुने गरी आएको प्रावधानलाई हटाउनुपर्ने माग गरे।

भट्टराईले मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .