नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलमा विवाद चुलिएको छ। अध्यक्ष जितजंग बस्नेतले एकलौटी निर्णय गर्न थालेको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले अध्यक्षको निर्णय अमान्य हुने चेतावनी दिएका छन्।
अध्यक्ष बस्नेतले आफूसँग समन्वय नै नगरी जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको भन्दै महासचिव शाहीले ति निर्णयहरु खारेज गरेको घोषणा गरेका छन्।
महासचिव शाहीले संगठनले कारवाही गरेका व्यक्तिको निलम्बन फुकुवा गरेका छन् भने आफू निकटका तरुण नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिएका छन्।
शाहीले संगठनले कारवाही गरेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा गर्नुका साथै सप्तरीको जिल्ला अध्यक्षमा सीताप्रसाद यादवलाई तोकेर पत्र पठाएका हुन्।
उनले संगठनको विधानविपरीत गरिएको श्रेष्ठमाथिको कारवाही भदौ २४ बाट लागू हुने गरी फुकुवा गरिएको पत्र पठाएका छन् भने यादवलाई तीन महिनाभित्रै जिल्ला अधिवेशन गर्ने म्याण्डेट दिएर यादवलाई सप्तरीको अध्यक्षमा मनोनित गरेका छन्।
महासचिव शाहीले ‘तरुण दल अध्यक्षको हवाला दिएर अबदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएको’ वक्तव्यमार्फत चुनौती दिएका छन्।
प्रतिक्रिया