ad ad

राजनीति


कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने

कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने

नेपालखबर
भदौ २५, २०७६ बुधबार ११:२१,

कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ।

सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय कास्की पोखराले जनाएको छ।

सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ। तर, नयाँ मतदाताको नाम संकलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए।

मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ। सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराए।

यस क्षेत्रबाट निर्वाचित भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .