ad ad

राजनीति


दीपक मनाङेले भेटे प्रचण्ड

दीपक मनाङेले भेटे प्रचण्ड

नेपालखबर
असार ६, २०७८ आइतबार १३:५४,

गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।

शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। प्रचण्डलाई भेट्न मनाङे साँझ ५ बजे खुमलटार पुगेका थिए।

प्रचण्ड, गंगा दाहाल र मनाङेको तस्बिर आइतबार सामाजिक संजालमार्फत आइतबार सार्वजनिक भएको हो।

समसामयीक राजनीतिक घटनाक्रम र गण्डकी प्रदेशको नयाँ सत्ता समीकरणबारे छलफल भएको बुझिएको छ।

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका उनले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको गठबन्धलाई समर्थन गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .