गण्डकीका निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन्।
गुरुङले पोखरेललाई फोन गरेर सफल कार्यकालको शुभकामनासमेत दिएका हुन्।
यसअघिका मुख्यमन्त्री गुरुङ यही जेठ २७ गते प्रदेश सभा बैठकमा विश्वास लिँदा बहुमत ल्याउन नसकेपछि पदबाट बर्खास्त भएका थिए।
त्यसपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रखुम सीता पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेकी थिइन्। त्यसअनुसार बहुमत ३१ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
गुरुङले पनि जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर प्रदेश प्रमुख कार्यालयले एक जनाको मात्रै दाबी परेको ठहर गरी कृष्णचन्द्र नेपाली पोखरेललाई आज अपराह्न मुख्यमन्त्रीमा नियुक्ति गरेको हो।
निर्वतमान मुख्यमन्त्री गुरुङले पोखरेललाई बधाई दिँदै भनेका छन्, ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट । ल अब पछि कुरा गर्दै गरौँला नि है। ल ल एकदम शुभकामना छ तपाईको सफल कार्यकालको लागि।’
— Nepalkhabar (@Nepalkhabar24) June 12, 2021नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए बधाई pic.twitter.com/kn2lffpZNd
Shares
प्रतिक्रिया