पूर्वप्रधानमन्त्रीहरुले सरकारलाई दीर्घकालिन महत्वका निर्णय नगर्न आग्रह गरेका छन्।
५ जना पूर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको इतिहासमा कहिल्यै नभएको सत्ता लिप्सा अहिले देखिएको बताएका छन्।
उनीहरुले सरकारका यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधीवक्तामार्फत पनि धम्याउन खोजेएको आरोप लगाएका छन्।
राज्यन्त्रलाई महामारीबाट जनताको सुरक्षामा केन्द्रीत गर्नुपर्नेमा प्रधानमन्त्रीले सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिरहेको उनीहरुले बताएका छन्।
कोरोना खोप प्राप्त गर्न राज्य प्रणालीको स्थापित पद्धति र मान्यता अनुरुप काम नगरी प्रचारमुखी बाटो लिइएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति जारी पूर्वप्रधानमन्त्रीहरुमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई छन्।
प्रतिक्रिया