विपक्षी दलहरुले गरेको सदन अवरुद्ध मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सुचारु भएको छ। मुख्यमन्त्री रातउतले आफैँ स्थानीय तहको ससर्त अनुदानको बजेट सच्याउने प्रतिवद्धता गरेपछि सदन सुचारु भएको हो।
मंगलबार दिउँसो बसेको प्रदेश सभाको छैठौँ अधिवेशनको दोश्रो बैठकको सुरुमै प्रतिपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले ससर्त अनुदानको बजेटमा मनपरी भएको भन्दै मुख्यमन्त्री लालबाबु राउतले आफैँ सदनमा जवाफ नदिएसम्म चल्न नदिने बताएका थिए।
त्यसपछि संसद बैठक सभामुख सरोज कुमार यादवले स्थगित गरेका थिए। बुधबार बसेको प्रदेशसभा बैठकको सुरुमै मुख्यमन्त्री राउत आफैँ ससर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता गरेका छन्।
‘मैले गत वर्ष नै सदनमै प्रतिवद्धता गरेको थिएँ। सकभर माननीयजीहरुबाट आउने योजना समेट्न भनेको थिएँ। तर छुट्न गएको छ भने त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ भनेर आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला मन्त्रीलाई भनेको छु’, मुख्यमन्त्री राउतले ‘यहाँहरुको मागलाई सम्बोधन हुन्छ। अहिले जुन प्रिबजेटको छलफल चलिरहेको छ। त्यसलाई निरन्तरता दिनुस्।’
यस्तै प्रदेश सरकारले गरेको मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी विधेयक प्रदेश प्रमुखको कार्यालयबाट भएको अनुमोदन पत्र सभामुख यादवले पढेर सुनाएका छन्।
यस्तै भोलि २७ गते दिनको २ बजे प्रदेश प्रदेश २ सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने भएको छ।
आजको छैठौं अधिवेशनको तेश्रो बैठकमा पनि जसपा महन्त ठाकुरपक्षका सांसदहरु अनुपस्थित रहेका छन्। प्रदेशसभामा प्रि बजेटसम्बन्धी छलफल चलिरहेको छ।
प्रतिक्रिया