संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे भएको बहस सकिएको छ।
दुवै पक्षको बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा बस्ने नबस्ने निर्णय सम्बन्धित न्यायाधीशले नै गर्ने बताए।
'इजलासमा बस्ने नबस्ने निर्णय श्रीमानहरु आफै गर्नुहुन्छ', बहस सकिएपछि प्रधानन्यायाधीश राणाले भने।
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अगाडि इजलास गठनको विषयमै बहस भएको थियो।
कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा रहेका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठाएपछि साे विषयमै छलफल भएकाे हो।
प्रतिक्रिया