नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त भएका छन्।
कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परीक्षणको आज आएको रिपोर्टमा उनी कोरोना संक्रमणमुक्त भएका हुन्।
प्रवक्ता शर्माले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूसँगै सम्पूर्ण परिवार कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्।
प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताएका छन्।
‘म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै संक्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु’, उनले भनेका छन्।
प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्सकको मार्ग निर्देशनप्रति आभारी भएको बताए।
शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको थियो।
प्रतिक्रिया