ad ad

राजनीति


महामारीमा निर्वाचन गर्न हाम्रो संरचनाले पुग्दैन : भोजराज पोखरेल

महामारीमा निर्वाचन गर्न हाम्रो संरचनाले पुग्दैन : भोजराज पोखरेल

नेपालखबर
जेठ ८, २०७८ शनिबार ३:३२,

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राष्ट्रपति संविधानको रक्षक बन्न नसकेको बताएका छन्।

पोखरेलले प्रधानमन्त्री र राष्ट्रपतिको कदम सरासर संविधानलाई सिध्याउने खालको देखिएको टिप्पणी गरे।

‘संविधानको रक्षक नै भक्षक जस्तो देखिनु दुर्भाग्य हो,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुले यो कदम अन्जानमा चालेको जस्तो देखिँदैन।’

कोरोना महामारी कतिसम्म जान्छ भन्ने आँकलन नगरी निर्वाचनको घोषणा भएको उनको भनाइ छ।

‘महामारीको समयमा निर्वाचन भएका छन्,’ उनले भने ‘तर, कोरिया लगायतका देशको संरचना र हाम्रो परिस्थिति फरक छ।’

निर्वाचनमा राजनीतिक दलदेखि मतदातको मुभमेन्ट हुनेहुँदा महामारीबारे आँकलन नगरि त्यसबारे केही भन्न नसकिने उनले बताए।

‘अहिलेको जस्तै अवस्था रह्यो भने अबस्था जटिल हुन्छ,’, उनले भने ‘६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुन्छ। त्यो गर्न सकिएन भने फेरि संवैधानिक प्रश्न उठ्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधिसभा भंग गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी छन्।

यसअघि उनले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .