ad ad

राजनीति


संसदलाई उपेन्द्र यादवको पत्र : महतोलाई संसदीय दलको नेताको मान्यता नदिनू

संसदलाई उपेन्द्र यादवको पत्र : महतोलाई संसदीय दलको नेताको मान्यता नदिनू

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ११:३५,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीमा अहिलेसम्म कोहि पनि संसदीय दलको नेता चयन नभएको जानकारी संसद सचिवालयलाई दिएका छन्।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको भनी संसद सचिवालयमा पत्र दर्ता भएको केहि बेरपछि यादव पक्षले सो रोक्नका लागि पहिले नै अर्को पत्र दर्ता भएको जनाएको छ।

यादव पक्षले बुझाएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीको संघीय संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केहि सञ्चारमाध्यमहरुमा भ्रमपूर्ण प्रचार भएकाले संसदीय दलको विधान समेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन हार्दिक अनुरोध गर्दछौं।’

आज मंगलबार जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको नाममा लिखित अर्को पत्र संसद सचिवालयमा दर्ता गरिएको थियो। सो पत्रमा महतोलाई संसदीय दलको नेता चयन गरिएको उल्लेख छ।

यो पनिः महतोलाई दलको नेता बनाएको महन्थको पत्र संसद सचिवालयमा

तर उपेन्द्र यादवको पत्र त्यसअघि जेठ २ गते नै बुझाइएको पत्रमा उल्लेख छ।

जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार बैशाख ३० गते एक पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको खबर सार्वजनिक भएपछि आफूहरुले सो पत्र जेठ २ गते नै संसद सचिवालयमा बुझाएको बताए।

UpendraYadav letter 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .