जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले त्यसको प्रतिरोध गरेका छन्।
ठाकुरले एक विज्ञप्ति जारी गर्दै जसपाको कुनै बैठक नडाकिएको बताएका हुन्।
यो पनि :
जसपा उपेन्द्र-बाबुरामपक्षले बोलायो बैठक, महन्थ ठाकुर लगायतलाई कारवाही तयारी
उनले आज बोलाएको बैठकबारे आफूहरुलाई थाहा नभएको बताएका छन्।
शुक्रबार महन्थ पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराईलाई थाहै नदिई बोलाएको बैठकले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको दाबी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समयदेखि नै जसपा दुई धारमा देखिएको छ।
प्रतिक्रिया