ad ad

राजनीति


ओलीलाई विश्वासको मत दिने नदिने अन्योलबीच जसपा शीर्षनेताको बैठक

ओलीलाई विश्वासको मत दिने नदिने अन्योलबीच जसपा शीर्षनेताको बैठक

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ६:५३,

जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताहरुको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न शीर्ष ६ नेताको बैठक बस्न लागेको हो।

दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा बैठक बस्नलागेको हो।

जसपाको शीर्ष नेताहरुमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई, वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र नयाँ सत्ता समीकरण बनाएर जानुपर्ने पक्षमा यादव, डा. भट्टराई, राई र श्रेष्ठ छन्।

उता ओलीलाई साथ दिएर जानुपर्ने पक्षमा रहेका ठाकुर र महतो पछिल्लो दिन भने तटस्थ बस्नुपर्ने अडानमा पुगेका छन्।

ठाकुर र महतोले आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर डेढ घण्टा छलफल गरेका थिए।

उनीहरुले दुवैतर्फ मत नदिने र तटस्थ बस्ने सन्देश देउवालाई दिएका थिए।

उता शुक्रबार बेलुका अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले पनि देउवालाई भेट गरेका थिए।

उनीहरुले जसपाले एकमतले ओलीको विपक्षमा मत दिने र नयाँ सत्ता समीकरणमा साथ दिने सन्देश सुनाएका थिए।

डा. भट्टराईलाई भेटेर यादव, राई र श्रेष्ठ शुक्रबार साँझ देउवा निवास बूढानिलकण्ठ पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .