भारतले विभिन्न देशको फाइभ–जी प्रविधि आफ्नो देशमा परीक्षण गर्न लागेको छ।
यस्तो अवस्थामा उसले चिनियाँ दुरसंचार कम्पनीको फाइभ–जी प्रविधि प्रयोग नगर्ने बताएको हो।
द हिन्दुका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरले लण्डनमा आयोजित ग्लोबल डायलग सिरिज इभेन्टमा बुधबार सीमा विवाद जारी रहेसम्म भारतले चीनसँग अन्य विषयमा सहकार्य नगर्ने बताएका हुन्।
जयशंकरले भनेका छन्,‘सिमानामा रक्तपात, टकराव, जबर्जस्ती, धम्की चलिरहेको बेला चीनसँग अन्य क्षेत्रमा राम्रो सम्बन्ध बनाउन सकिँदैन।’
भारतमा जेडटीई नामको चिनियाँ कम्पनीले फाइभ–जी प्रविधि विस्तार गर्न चाहेको थियो। भारतको प्रतिक्रियासँगै जेडटीईको योजना तुहिएको छ।
यसअघि गतवर्षको जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवानमा भिडन्त हुँदा पनि भारतले चीनको ५९ एप्समा प्रतिबन्ध लगाएको थियो।
सो भिडन्तमा भारतका २० र चीनका चार सेनाको ज्यान गएको छ।
त्यसबेला भारलते लोकप्रिय पब्जी तथा टिकटकमाथि पनि प्रतिबन्ध लगाएको थियो।
पछिल्लो समय पनि भारतले आफूले सैन्यस्तरमा भएको वार्ताको सम्झौता पालना गर्दा चीनले भने नमानेको आरोप लगाएको छ। जसका कारण लद्दाखमा जारी सिमा विवाद अन्त्य हुन सकेको छैन।
प्रतिक्रिया