ad ad

राजनीति


चीनले ताइवानमाथि आक्रमण गरे हामी चुप बस्दैनौंः अस्ट्रेलिया

चीनले ताइवानमाथि आक्रमण गरे हामी चुप बस्दैनौंः अस्ट्रेलिया

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १२:२०,

अस्ट्रेलियाको एबीसी टेलिभिजनसँग कुराकानी गर्दै डटनले भनेका छन्,‘चीनले ताइवानमा सुरुवात गर्ने संघर्षलाई नजरअन्दाज गरिनुहुन्न। आक्रमण भएमा अस्ट्रेलियाले आफ्नो सहयोगी राष्ट्रसँग मिलेर त्यहाँ शान्ति स्थापना गर्ने प्रयास गर्नेछ।’

ताइवानलाई आफ्नो भूमि भएको बताउने चीनले ताइवान जहिल्यै भएपनि एकदिन मुख्यक्षेत्र चीनमा समाहित हुने बताउँदै आएको छ।

तर ताइवानकी राष्ट्रपति साइ इंग–वेनले गतवर्ष ताइवान सार्वभौम मूलुक भएको बताउँदै चीनको एक देश दुई प्रणाली आफ्नो देशमा नचल्ने बताएपछि चीनले ताइवान कब्जा गर्ने बताइरहेको छ।

आक्रमण गरेरै चीनले ताइवान कब्जा गर्ने बताइरहँदा ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ।

यसबीचमा खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका क्वाड राष्ट्रमध्ये एक अस्ट्रेलियाले द्वन्द्व निम्तिए चुप नबस्ने र शान्ति स्थापनाको प्रयास गर्ने बताएको हो।

क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत आवद्ध छन्। हालै सम्पन्न पहिलो सम्मेलनमा क्वाडले इन्डोप्यासिफिक क्षेत्रमा चीनको आक्रमकताविरुद्ध एक हुने निर्णय गरेका थिए।

यी राष्ट्रहरुले दक्षिण चीन सागरको विषयमा चीनको विरोध जनाउँदै आएका छन्।

तर ताइवानको सन्दर्भमा भने जापानले हस्तक्षेप नगर्ने बताउँदै हालै चिनियाँ सेनाले ताइवानमा आक्रमण गरे जापानी सेना संलग्न नहुने स्पष्ट पारेको थियो।

‘ताइवान र चीनबीच दुश्मनी छ। वास्तवमै सो क्षेत्रमा सैन्य गतिविधि बढिरहेको छ’ अस्ट्रेलियका रक्षामन्त्री डटनले भनेका छन्,‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामी यस क्षेत्रमा राम्रो छिमेकी बनिरहन चाहन्छौं, हामी र हाम्रा साझेदार कोही पनि चीन र ताइवानबीच अथवा अन्य कतै द्वन्द्व भएको हेर्न चाहँदैनौं।’

उनले आफू र आफ्ना सहयोगीहरूका बिरूद्ध हुने कुनै पनि खतराको सामना गर्न अस्ट्रेलिया तयार भएको बताउँदै क्यानबेराले शान्ति कायम राख्न प्रयास गर्ने बताए।

अस्ट्रेलिया र चीनबीच राम्रो व्यापारिक सम्बन्ध थियो। तर कोरोना भाइरसको सन्दर्भमा अस्ट्रेलियाले चीनलाई पारदर्शी हुन भनेपछि चीन उसँग रुष्ट बनेको छ। एससीएमपी

याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?

- ताइवानलाई तत्काल आक्रमण गर्ने चीनको चेतावनी

चीनले ताइवानमाथि आक्रमण गरे हाम्रो सेना संलग्न हुनेछैनः जापान

जापानले चीनविरुद्ध साथ नदिने भएपछि ताइवानले भन्योः आफ्नो रक्षा आफैं गर्छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .