ad ad

राजनीति


प्रदेश २ को नाम मधेस तोक्न जसपा र माओवादीको प्रस्ताव दर्ता

प्रदेश २ को नाम मधेस तोक्न जसपा र माओवादीको प्रस्ताव दर्ता

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १४:२०,

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्न जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गरेका छन्।

जसपा र माओवादीले छुट्टाछुट्टै दुई प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार जसपा र माओवादीको प्रस्तावमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम बनाउन प्रस्ताव गरिएको छ।

प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेको थियो।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न संसदको दुई तिहाई आवश्यक हुन्छ। १०७ सदस्यीय प्रदेश सभामा अहिले १०३ जना छन्। उक्त प्रस्ताव परित हुन ६९ जनाको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा जसपाका ५५ र माओवादी केन्द्रका ७ जना सांसद छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .