नेकपा माओवादी केन्द्रले पश्चिम रुकुमको खलंगामा जनसभाको आयोजना गरेको छ।
मंगलबार ३२ औँ जनआन्दोलन दिवसको अवसर पारेर माओवादीले रुकुममा आर्थिक समृद्धि, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पुगेका छन्।
त्यस्तै सभालाई नेता जनार्दन शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ।
प्रतिक्रिया