ad ad

राजनीति


चीन र अमेरिकाबीच बढ्यो युद्धको खतरा, एकै जलक्षेत्रमा पठाए युद्धपोत र सैन्य जहाजहरु

चीन र अमेरिकाबीच बढ्यो युद्धको खतरा, एकै जलक्षेत्रमा पठाए युद्धपोत र सैन्य जहाजहरु

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:९,

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङ र वासिङ्टनका सैन्य जहाजहरु पूर्वी र दक्षिण चीन सागरतर्फ अगाडि बढेका छन्।

दुवै देशले फिलिपिन्सले दाबी गरेको विवादित जलक्षेत्र ह्विस्टन रिफ नजिक गइरहेका हुन्। ह्विस्टन रिफ दक्षिण चीन सागरको हिस्सा हो। हालै यो क्षेत्रमा चीनका २ सय डुंगाहरु पुगेका थिए।

फिलिपिन्सले ती डुंगामा चिनियाँ लडाकुहरु भएको बताइरहँदा चीनले त्यो डुंगाहरु माछा मार्ने डुंगा भएको र मौसम बिग्रिएकाले त्यो त्यहाँ बसेको बताएको थियो।

तर मौसम सफा भइसक्दा पनि डुंगाहरु त्यहाँ नफिर्किएको फिलिपिन्सको रक्षा मन्त्रालयले जनाएको छ।

Manila again called for Chinese boats to leave Whitsun Reef in the South China Sea on Monday. Photo: National Task Force-West Philippine Sea via APफिलिपिन्सको जलक्षेत्र नजिकै चिनियाँ डुंगाहरु

यस क्रममा चीनसँगै उसको रणनीतिक प्रतिद्वन्द्वी मानिएको अमेरिकाले पनि यो क्षेत्रमा आफ्नो नौसैनिकसहितको जहाजहरु पठाएपछि सैन्य संघर्ष हुने अनुमान गरिएको हो।

दक्षिण चीन सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रुपमा परिचित छ। वर्षेनी खरबौं डलरको कारोबार हुने यस क्षेत्र सबैको रणनीतिक चासोको रुपमा रहँदै आएको छ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्दछ। त्यसकारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

दक्षिण चीन सागरको चिनियाँ दाबीलाई अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा खारेज गरिदिएको थियो।

त्यसयता अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ। सो क्रममा फेरि पनि अमेरिकी जहाजहरु चीनले दाबी गरेको समुद्रमा तैरिएको हो। यस कार्यले बेइजिङ खुशी छैन।

इन्डो–प्यासिफिक क्षेत्रलाई खुला र सुरक्षित बनाउन अमेरिका, जापान, अस्ट्रेलिया र भारतले सहमति नै गरेका छन्। यी देशहरु आवद्ध क्वाड समूहले चिनियाँ आक्रामकताको डटेर सामना गर्ने बताउँदै आएका छन्।

आइतबार अमेरिकाको थियोडर रुजभेल्ट युद्धपोतको नेतृत्वमा अन्य जहाजहरु दक्षिण चीन सागरमा तैरिएका छन्। शनिबार मात्र सो क्षेत्रमा अमेरिकी यूएसएस मस्टिन गाइडेन–मिसाइल डिस्ट्रोयर जहाज देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .