नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गरिएको फैसला पुनरवलोकनका लागि पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) सर्वाेच्च अदालतमा निवेदन हाल्ने भएका छन्।
प्रचण्ड तत्कालीन नेकपाका एक अध्यक्ष हुन् भने हाल सर्वोच्चकै फैसलाबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष।
एमाले र माओवादी केन्द्रको एकतै भत्काउने गरी सर्वाेच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘करेक्सन’का लागि उनले निवेदन दिने भएका हुन्।
निवेदन हाल्न प्रचण्ड अहिले बिहान ११ बजे अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।
पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो। साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्।
यसै क्रममा प्रचण्डले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँगको परामर्शमा निवेदनसमेत तयार पारिसकेका थिए।सोही निवेदन लिएर उनी आज सर्वाेच्च जाने भएका हुन्।
यी पनि :
पुनरवलोकनमा जाने तयारीमा प्रचण्डः शम्भु थापाले ‘फाइनल’ गरे निवेदन
माओवादी केन्द्रलाई कानुनविद्को सुझाव: पुनरवलोकनमा जानू, सर्वोच्चको फैसला ‘करेक्सन’ हुनसक्छ (भिडियो)
प्रतिक्रिया