ad ad

छापा खबर


माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने ओली समूहको तयारी

माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने ओली समूहको तयारी

नेपालखबर
चैत १७, २०७७ मंगलबार २:२८,

नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ। नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन्।

एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ।

सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो। तर होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन्। उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .