ad ad

राजनीति


महाराष्ट्रका गृहमन्त्रीविरुद्ध गम्भीर आरोप लागेपछि अभिनेत्री कंगनाले भनिन् : मैले भनेको कुरा पुष्टि हुँदैछ

महाराष्ट्रका गृहमन्त्रीविरुद्ध गम्भीर आरोप लागेपछि अभिनेत्री कंगनाले भनिन् : मैले भनेको कुरा पुष्टि हुँदैछ

नेपालखबर
चैत ८, २०७७ आइतबार १०:४२,

भारतीय राज्य महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखलाई मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहले गम्भीर आरोप लगाएपछि अभिनेत्री कंगना रनोटले सरकारविरुद्ध टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमार्फत अभिनेत्री कंगनाले आफूले यसअघि महाराष्ट्र सरकारमा मौलाएको भ्रष्टाचार र प्रशासनिक बेथितिविरुद्ध बोल्दा आफूविरुद्ध गाली र धम्की आएको तर अहिले यथार्थ सार्वजनिक हुँदै गएको बताएकी हुन्।

उनले लेखेकी छन्, ‘जब मैले महाराष्ट्र सरकारको भ्रष्टाचार र रोगी प्रशासनविरुद्ध आवाज उठाएँ, तब मैले गाली, धम्की, आलोचनाको सामना गर्नुपर्‍यो। आफ्नो प्यारो सहरको प्रतिष्ठाबारे प्रश्न उठाउँदा मैले चुपचाप रुनुपर्‍यो। मेरो घर गैरकानुनी ढंगले तोडफोड गरिँदा धेरै मानिसले खुसियालीसमेत मनाए।’

उनले अगाडि लेखेकी छन्, ‘आगामी दिनमा उनी (महाराष्ट्रको उद्धव ठाकरे सरकार) पूरै उदांगो हुनेछ। आज म पुष्टिका साथ खडा छु, त्यसैले यो प्रमाणित हुन्छ कि मेरा बहादुर राजपुतानाको रगतमा मेरो र मेरो परिवारको पालनपोषण गर्ने देशको प्रतिष्ठा र सच्चा प्रेम बगेको छ, म सच्चा देशभक्त हुँ, हरामी होइन।’

यी पनि : 

अम्बानी प्रकरणले महाराष्ट्रमा हलचल, गृहमन्त्री देशमुखले दिए स्पष्टीकरण

अम्बानी प्रकरणमा अर्का प्रहरी पनि पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .