भारतका उद्योगपति मुकेश अम्बानीको घरबाहिर भेटिएको विस्फोटक पदार्थ जिलेटिनले भरिएको स्कार्पियो गाडीका मालिक भनिएका मनसुख हिरेनको हत्या आरोपमा महाराष्ट्र आतंकवादविरोधी टोली (एटीएस) ले दुई जनालाई पक्राउ गरेको छ।
एटीएसका अनुसार निलम्बित प्रहरी हवलदार विनायक सिन्दे र एक सट्टेबाज नरेश धरेलाई आइतबार पक्राउ गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मनसुखको हत्यामा उनीहरूकै हात रहेको दाबी गरिएको छ।
उद्योगपति अम्बानीको घबाहिर विस्फोट पदार्थ र हत्या चेतावनी दिइएको पत्रसहित स्कार्पियो गाडी फेला परेको केही दिनपछि मनसुखको शव नदी किनारमा भेटिएको थियो। यस प्रकरणमा यसअघि मुम्बईका सहायक प्रहरी निरीक्षक (हाल निलम्बित) पक्राउ परिसकेका छन्।
यो पनि : अम्बानी प्रकरणले महाराष्ट्रमा हलचल, गृहमन्त्री देशमुखले दिए स्पष्टीकरण
Shares
प्रतिक्रिया