नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेत्री शान्ता चौधरीले माधव नेपाल पक्षले आजदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई अतिको संज्ञा दिएकी छन्।
ललितपुरको हेरिटेज गार्डेनमा नेपाल पक्षको भेला जारी रहँदा सांसदसमेत रहेकी एमाले नेत्री चौधरीले नेपाल पक्षले पद्धति कुल्चेर कार्यकर्तालाई पद्धतिको पाठ सिकाएको आरोप लगाएका हुन्।
‘महाधिवेशनमा आफ्नो विचार राख्न पाइन्छ नेतृत्वमा प्रतिस्पर्धा गर्न पाइन्छ आफूसँग विचार मिल्ने नेतालाई जिताउनका लागि कसरत गर्न पाइन्छ,’ बुधबार राति सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘तर पार्टीको निर्वाचित अध्यक्ष मान्दिनँ भन्न पाइँदैन विधि मिचेर विधिको पाठ नसिकाउनुहोस्, पद्धति कुल्चेर कार्यकर्तालाई पद्धतिका कुरा धेरै नघोकाउनुहोस्, अब त अति भयो।’
प्रतिक्रिया